चरिकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन काफ्ले सहितको टोलीले एमालेको वडा सदस्यको घरमा तोडफोड गर्नुका साथै लुटपाट गरेको छ ।
दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर – ३ जफे घर भएका कुन्दनले सोही वडाका वडा सदस्यका उम्मेदवार कृष्णबहादुर तामाङ सहति उनका परिवारलाई आक्रमण गर्नुका साथै नगद तथा सुनको गहना लुटेका छन् ।
वडा अध्यक्षका उम्मेदवार सन्तोष पोखरेलका अनुसार काफ्ले सहितको समुहले दिउँसो करिब १ बजेको समयमा छौडे मानेडाँडा स्थित घरमै गएर वडा सदस्यको घरमा तोडफोड र परिवारलाई धम्क्याउन थालेका थिए ।
केहि समयपछि गाउँलेहरु मिलेर समुहलाई लखेटेका छन् भने लखेट्ने क्रममा कुन्दन समुहका कहि घाइते भएको स्थानीय सन्जीव पोखरेलले बताए ।
तामाङ परिवरले घट्नामा आफ्नो दुई लाख ५० हजार रुपियाँ नगद र तीन तोला सुन कुन्दन समुहले लुटेको दावी गरेका छन् ।
घट्ना लगतै घट्नास्लमा प्रहरी पुगेका छन् भने घट्नाको बारेमा जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ ।
कुन्दन काफ्लेले गाउँमा मतदाता धम्क्याउन र बुथ कब्जा गर्न ६० भन्दा बढि गैरमतदाता युवाहरु भित्र्याएको छ ।
‘चौरभरी अपरिचित अनुहारका युवाहरु थियो कहाँबाट आएका हुन थहा भएन् ।’ सन्जीवले भने ।
यस अघिको निर्वाचनमा पनि कुन्दनले वडा नम्बर–३ जफेको विभिन्न मतदान स्थलमा अवरोध गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस !