गोरखा । गोरखामा सर्बदलिय बैठकबाटै कांग्रेसका प्रतिनिधी हातहतियारसहति पक्राउ परेका छन् ।

बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधी मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख इन्सपेक्टर ज्ञानेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

‘सर्वदलीय बैठक बसिरहेको समयमा बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधी भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको छ । उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर राखेको छ’, श्रेष्ठले भने ।

घटना बारे थप अनुसन्धान गर्नका लागि आफु घटना स्थल गईरहेको ईन्सपेक्टर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस !