चितवन । चितवनको सातै पालिकामा एमालेको जीत सुनिश्चित रहेको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन् ।
एमाले कालिकाद्वारा आज पदमपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष न्यौपानेले पराजित मानसिकताको पाँचदलीय गठबन्धन चितवनबाट पराजित हुने सुनिश्चित भएको भन्दै आजको चितवनको विभिन्न स्थानमा भएको जनसभा र ¥यालीले एमालेको जीत सुनिश्चित हुने देखिएको बताउनुभयो ।

हजारौको सङ्ख्यामा सबै पालिकामा आज ¥याली तथा सभाहरू भएको भन्दै एमाले जिल्ला अध्यक्ष न्यौपानेले भरतपुर महानगर, कालिका नगरपालिका, राप्ती, माडी, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाको प्रमुख र उपप्रमुखसहित अधिकांश वडाहरूमा पनि एमालेको जीत सुनिश्चित रहेको दावी गर्नुभयो ।

राजनेता केपी ओलीको विरूद्धमा भएको पाँचदलीय घेरावन्दी र परमादेशी सरकारको अयोग्यता र अक्षमताले देश बर्बादीतर्फ गएको भन्दै न्यौपानेले एमालेको नेतृत्वले मात्र देशको समृद्धि ल्याउन सक्ने भएकाले जनताले एमाले रोज्ने पनि दावी गर्नुभयो । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मतदान गर्न चितवनवासी आतुर रहेको भन्दै संयमित र धैर्यताका साथ आफ्नो मत सुनिश्चित गर्न र एमालेलाई विजयी गराउन चितवनवासीले सूर्य चिन्ह रोज्ने समेत उहाँले बताउनुभयो ।

सो सभामा कालिका नगरपालिका मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा, एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल), केन्द्रीय सदस्य देवी ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पदमपुरमा आयोजित बृहत जनसभा अगाडि सयौको सङ्ख्यामा कालिका नगर क्षेत्रमा मोटरसाइकल ¥याली समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस !