चितवन । नेकपा एमालेले कालिकामा आज शक्ति प्रदर्शन गरेको छ । नेकपा एमाले कालिका नगर कमिटीद्वारा आज पदमपुरमा विशाल जनसभा सम्पन्न भएको थियो । जनसभामा हजारौ कालिकावासीको सहभागिता रहेको थियो । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित जनसभामा २० हजार भन्दा बढी सङ्ख्यामा नगरवासीहरूको उपस्थिति रहेको नेकपा एमाले कालिका नगर कमिटीले जनाएको छ । एमालेको सो शक्ति प्रदर्शनलाई नगरबासीले चासोको रुपमा लिएका छन् ।

सो जनसभा हुनुपूर्व सिद्धि, शक्तिखोर, जुटपानी, खोलेसिमल, पदमपुर, लंकालाइन क्षेत्रमा बृहत मोटरसाइकल ¥याली पनि गरिएको थियो । सो मा ५ हजार भन्दा बढी मोटरसाइकल सहित कार्यकर्ताहरूको उपस्थिति रहेको एमालेले जनाएको छ । सो मोटरसाइकल र्‍याली पछि पदमपुरको भिमोदय मा.वि. को प्राङ्गणमा आयोजित सभामा कालिका नगरपालिकाका मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा, एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल), केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !