चितवन । चितवनको कालिका नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखको उम्मेदवार रहनुभएको बिनोद रेग्मीको जिवन राजनीति र सामाजिक काममै वितेको छ । साविक जुटपानी गाविस-५ जमुनापुरका रेग्मीका लागि अहिलेको कालिका नगरपालिकाको कुना काप्चा परिचित छन् । कालिकाको भुगोल र कालिका नगरवासीमा चिरपरिचित रेग्मीको राजनैतिक जिवन सामाजिक कर्म यही कालिका नगरमै वितेको छ ।
२०२८ सालमा गोर्खाको घयाल्चोकमा जन्मिएर २०४३ सालमा चितवन आउनुभएका विनोद रेग्मीको जिवनको उर्जाशिल समय कालिकामै राजनीति र सामाजिक क्षेत्रमा बिताउनुभयो । २०४७ सालमा पञ्चकन्या मावि अध्ययन गर्ने क्रममा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष हुनुभएको थियो ।
२०५० सालमा प्रजातान्त्रीक राष्टिय युवा संघको चितवन जिल्ला सदस्य हुनुभएका रेग्मी तत्कालिन अवस्थामा स्थापना भएको पिपुल्स भोलेन्टियरको चितवन अध्यक्ष समेत हुनुभएको थियो । नेकपा एमाले जिल्ला कमिटि चितवनमा २०५७ साल देखि लगातार छैटौँ कार्यकाल सम्म जिल्ला सदस्य भएर काम गर्नुभएको छ ।
एमालेको जिल्ला कमिटिको सदस्यसंगै जिल्लामा विभिन्न विभागहरुमा पार्टीको तर्फबाट जिम्मेवारी लिएर कुशलता पुर्वक आफ्नो कार्यशैली देखाउनुभएको छ । जिल्ला वन समन्वय समिति, गैर सरकारी संस्था,सहकारी लगायत क्षेत्रमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै दिइएको जिम्वेवारी पुरा गर्दै आउनुभएको छ ।
२०७२ सालमा साविकको पदमपुर,जुटपानी, सिद्धी,शक्तीखोर चारवटा गाविस समावेशगरी कालिका नगरपालिका स्थापना गर्ने क्रममा रेग्मीको महत्वपुर्ण भुमिका रहेको छ । नेकपा एमाले चितवनको तर्फबाट पार्टीको प्रतिनिधीको रुपमा यस कालिका नगरपालिकामा उहाँको सर्वदलिय नगरप्रतिनिधीको रुपमा सहभागिता रहेको थियो ।
२०७४ सलामा भएको स्थानिय तहको निर्वाचनमा रेग्मीले नगरप्रमुखको अपेक्षा राख्नु भएको थियो । तर, त्यस समयमा एमालेका आफु भन्दा सिनियर खुमनारयण श्रेष्ठले रहर गरेपछि सौहार्दपुर्ण बातावरणमा श्रेष्ठलाई समर्थन गर्नुभएको थियो । तत्कालीन अवस्थामा मेयरको टिकट नपाएपछि उहाँ कालिका नगरपालिकाको वडा नम्वर ६ को वडा अध्यक्षको उम्मेदवार बन्नुभएको थियो ।
२०७४ सालमा भएको निर्वाचनमा रेग्मीले वडा अध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी हुनुभएको थियो । अन्य ५ दलको मत र रेग्मीले प्राप्त गरेको मतमा रेग्मीकै धेरै थियो । कालिका नगरपालिका भित्र रहेका वडाहरु मध्य सवैभन्दा धेरै जनसंख्या रहेको वडा नम्वर ६ को अध्यक्षमा उहाँ निर्वाचित हुनुभयो । सफल वडा अध्यक्षको पहिचान बनाउनुभएको रेग्मी अहिले कालिका नगरपालिकाको प्रमुखको उम्मेदवार हुनुहुन्छ ।
३१ हजार १५७ मतदाता रहेको पालीकाको प्रमुखको उम्मेदवार रहनुभएका रेग्मी राम्रो मतका साथ आफु विजयी हुनेमा ढुक्क रहनुभएको छ । कालिका नगरपालिकामा आफुले २५ बर्ष लगातार क्रियाशिल रुपमा सामाजिक काममा विताएकोले भुगोलको अवस्था र आम नगरवासीको जनचाहानालाई आफुले मसिनोगरी वुझेको बताउनुहुन्छ ।
५ बर्ष वडा अध्यक्ष मात्र नभई धेरै पटक कार्यबाहक मेयर भएर समेत काम गरेको हुनाले नगरपालिकाको काम गर्ने शैली र तरिकाका बारेमा आफु अनुभव प्राप्त भएको बताउनुहुन्छ । नगरपालिको निती नियम काम गर्ने तरिका प्रशासनीक र आर्थिक बिषयमा आफु प्रष्ट भएको उहाँले बताउनुभएको छ ।
कालिका नगरपालिका क्षेत्र दिगो विकासको लागि गुरुयोजना निर्माणगरी काम गर्ने र नगरवासीलाई आफ्नो कारण कहिल्यै दुःखी नबनाउने प्रतिवद्धता व्यक्त गर्दै आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस !