चितवन । नेकपा एमालेको आज कालिकाको पदमपुरमा हुने बृहत जनसभाको तयारी पुरा भएको छ । कालिकाको ११ वटै वडाबाट आउने बाजागाजा सहितको र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरि दिउसो २ बजे पदमपुरको भिमोदय माबीमा पुगि सभामा परिणत हुने छ ।

एमालेले आजको सभालाई शक्तिप्रदर्शनको रुपमा लिएको छ । सो बृहत सभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कालिका नगर कमिटीका सचिव शुदर्शन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !