काठमाडौं।  नेकपा (बहुमत)ले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले विचलनको बाटो पक्रेपछि नेकपा (बहुमत) पार्टी निर्माण भएको जनाएको छ । सो पार्टीले सोमबार पत्रकार सम्मेलन गर्दै नेकपा दार्शनिकरुपमा सारसंग्रहवादी,राजनीतिक रुपले संसदीय संशोधनवादीमा फसेको आरोप लगाएको हो।

पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले ‘विप्लव’ले संसदवादी नीति अवलम्बन गरेको बताए । उनले भने, ‘ उहाँ (विप्लव)हरु एकीकृत जनक्रान्ति भन्नुभएको छ । हाम्रो कार्यदिशा वैज्ञानिक समाजवादी हो ।’

पार्टीका अर्का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेकपा सांगठनिकरुपमा निषेधात्मक अधिभूतवादी कित्तामा गएको बताए। उनले भने,’ नेकपा सांगठनिकरुपमा निषेधात्मक अधिभूतवादी, संघर्षको हिसाबमा आत्मसुरक्षावादी र आर्थिक हिसाबले जुझारु अर्थवादी प्रवृत्ति लियो । अहिले आइपुग्दा चुनावमा पार्टीको निर्णय लत्याउँदै गएपछि त्यसकाविरुद्ध विद्रोह गर्यौं। ‘

प्रतिक्रिया दिनुहोस !