चितवन । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिकालाई पार्टी कार्यालय जस्तो बनाइएको बताए । महानगर जनताले तिरेको करबाट चलेको भन्दै उनले तिरो तिर्न आउदा पनि पार्टीगत रुपमा जनतालाई विभेद गरिएको बताए । महानगरलाइ भर्ती केन्द्रजस्तो बनाएर पार्टीका कार्यकर्ता भर्ती गरिएको बताए।

भरतपुर महानगरपालिका र माडी नगरपालिका सम्भावना बोकेको ठाउँ भएको उनले बताए । एमाले र राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेका छन् । राप्रपा र एमाले राष्टियताको सवालमा एक भएको भन्दै उनले राष्ट्रियताको सवालमा ओलीलाई धेरै माथि रहेको बताए । ‘म राजनीति गर्न जाने होइन विकास गर्न जान्ने व्यक्ति हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस !