चितवन । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य पार्वती रावलले कसैको धम्कीसँग नडराउन चितवनवासी जनतालाई आग्रह गरेकी छन् ।

आज नेकपा एमालेले नारायणगढको क्याम्पाचौरमा भएको चुनावी सभामा स्वागत मन्तव्य दिँदै नेता रावलले कसैको धम्कीसँग नडराई सूर्य चिन्हमा मतदान गर्न सबैमा आग्रह गरिन् ।

यसअघि गठबन्धनको चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा पर्ने चेतावनी दिएका थिए । सोही चेतावनीविरुद्ध नेता रावलले कसैको धम्कीसँग डराउन चितवनवासीलाई आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘जनताको मत सुरक्षित गर्नको लागि नेकपा एमाले सचेत छ । कसैको धम्की, घुर्की र थर्काइका कारणले डराउँदैनन् । भरतपुरका नागरिक एमालेलाई मतदान गर्न हतार छन् । ’ स्वागत मन्तव्य राख्दै नेता रावलले परमादेश सरकारलाई जनताले आफ्नो मतबाट परास्त गर्ने बताइन् । उनले भनिन्, ‘ यो स्वार्थ र सत्ता स्वार्थको गठबन्धन हो । भरतपुर महानगरमा चुनाव जित्यो भने गठबन्धन १० वर्ष १५ वर्ष जान्छ भनेर धम्क्याएका छन् । भरतपुरका जनता शतिशाल भएर चुनावमा आइरहेका छन् । यस निर्वाचनमा गठबन्धन पराजित हुनेछ ।’ उनले राष्ट्रियता र विकासको लागि भरतपुर महानगरमा राप्रपासँग एमालेले तालमेल गरेको बताइन् । उनले भनिन्, ‘फेरि जनता जागिरहेका छन् । गठबन्धनसँग एजेन्डा, दृष्टिकोण र कार्यक्रम छैन । घुर्की, धम्की जनतालाई दिइरहेका छन् । सबैखाले घटनालाई परास्त गर्दै अगाडि बढ्ने भरतपुर हो ।’

प्रतिक्रिया दिनुहोस !