चितवन । चितवनको कालिकामा एमालेका मेयरका उम्मेदवार बिनोद रेग्मीले १ सय ४ बर्षिय कालिका-६, जमुनापुर निवासी वृद्धबुबा भगिरथ लामिछानेसंग मत माग्दै आशीर्वाद लिएका छन । मेयरका उम्मेदवार रेग्मी दिनहुँ जनताको घरदैलोमा पुगिरहेका छन् । रेग्मी सङै उपमेयरकी उम्मेदवार बिमला लामा लगायत वडा अध्यक्ष तथा सदस्यहरुले जेष्ठ नागरिक तथा वडा वडाका मतदाताको आशिर्वाद लिंदै मत मागिरहेका छन् ।

जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने पार्टीको रुपमा स्थापित एमालेका उम्मेदवारलाई नगरका जेष्ठ नागरिकहरुले विजयताको लागि आर्शिवाद दिएको एमाले कालिकाका सचीव सुदर्शन अधिकारीले जानकारी दिए ।

मेयर पदका उम्मेदवार विनोद रेग्मी, उपमेयर पदका उम्मेदवार बिमला लामासहित वडाध्यक्ष पदका उम्मेदवारहरु पनि मतदाताको घर घरमा पुगिरहेका छन । कालिकामा आयोजित कोणसभामा मेयर पदका उम्मेदवार रेग्मी र उपमेयर पदका उम्मेदवार लामाले कालिकालाई विकासको उचाईमा पुर्याउन, रोजगारी सृजना गर्न, ग्रामिण क्षेत्रमा पर्यटन विकास गर्न, सुकुमबासीलाई लालपुर्जाको सुनिश्चित गर्न एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्न आग्रह गरेका थिए ।

उपमेयरका उम्मेदवार लामाले एमालेको नेतृत्वबाट मात्रै सवृद्धि सम्भव रहेको भन्दै यसअघि एमालेले त्यसको सुरुवात गरेको र सम्पन्नताको लागि आफुले उम्मेदवारी दिएको वताए । निर्वाचन नजिकिदै गर्दा चुनावी योजना निर्माण र घरदैलोलाई संगसंगै अगाडि वढाएको एमालेले गठवन्धनका उम्मेदवारलाई पछि पार्दै विजय हासिल गर्न सम्पुर्ण शक्ति परिचालन गरिएको वुझिएको छ । यसपाली ब्यक्तिले होइन पार्टीले जित्नुपर्छ भन्ने मान्यताका साथ रत्ननगरमा अगाडि बढेको एमाले टिकट वितरणमा देखिएको असन्तुष्टिको अन्त्य गर्दै नेता तथा कार्यकर्ताहरुलाई चुनावी मैदानमा होमिएको हो ।

उम्मेदवारी दिएर चुनाव केन्द्रित बनेको एमालेले कालिकाको ११ वटै वडामा दिनहुँ कार्यक्रम गरिरहेका पार्टी सचीव अधिकारीले जानकारी दिए ।

वडा नं.१ मा अध्यक्षका उम्मेदवार बुद्धि बोम्जन, २ का लक्ष्मण पौडेल, ३ का हरिप्रसाद अधिकारी, ४ का मकरमान श्रेष्ठ, ५ का रुदल महतो वडा नं.६ का एमाले अध्यक्ष उम्मेदवार बालकृष्ण अधिकारी सहित वडा सदस्यका उम्मेदवार तथा एमाले नेता तथा कार्यकर्ताहरु घरदैलो तथा मतदाता भेटघाटमा जुटेका छन ।
त्यस्तैगरि वडा नं. ७ का अध्यक्षका उम्मेदवार भोजराज थपलिया, ८ का युवराज गुरुङ, ९ का निलकण्ठ मगर, १० का धनविर प्रजा तथा ११ का कृष्णबहादुर प्रजा तथा वडा सदस्यहरु पनि घरदैलो, मतदाता भेटघाट तथा आफ्नो पक्षमा मत माग्न ब्यस्त छन ।

प्रतिक्रिया दिनुहोस !