चितवन । युवा संघ खैरहनीका नेता कुमार थापामाथि धारिलो हतियार प्रहार भएको छ । अज्ञात ब्यक्तीहरुको हतियार प्रहार गर्दा थापा गंभिर घाइते भएका छन ।

खैरहनी ८ स्थित उनकै घर नजिकहतियार प्रहार भएको थियो । शनिबारराती भएको घटनामा थापा गंभिर घाइते रहेको ईलाका प्रहरी कार्यालय खैरहनिका प्रहरी निरीक्षक अनोज बिश्वकर्माले बताए । उनका अनुसार हतियार प्रहारबाट थापाको टाउको,हात,खुट्टामा चोट लागेको छ ।

घटनामा संलग्नको आशंकामा केही ब्याक्तीलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बिश्वकर्माले बताए । थापा एक बर्ष अघि नेपाली काङ्ग्रेसबाट एमाले प्रबेश गरेका थिए । राजनीतिक प्रतिशोधका कारण घटना गराइएको हुन सक्ने अनुमान छ । निर्वाचनमा प्रमुख ,उपप्रमुख पदका उम्मेदवार र विभिन्न वडाको प्रचारप्रसार र घरदैलोमा उनी सक्रिय रुपमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस !