चितवन । यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब १ हप्ता मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका प्रतिबद्धता सहित बस्ती छिरेका छन् ।

उम्मेदवारले मतदातालाई आश्वास्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । दलका उम्मेदवार आफ्ना पार्टीका घोषणापत्र र कार्यसूची तथा आफ्ना योजना बोकेर मतदाताका घरघरमा पुगेका छन् । चुनाव जितेर गाउँबस्ती नफर्कने आरोप लाग्ने गरेका उम्मेदवारले अहिले मतदातासँगको भेटघाट एवं छलफल तीव्र पारिरहेका छन् । उनीहरु आ-आफ्ना पक्षमा जनमत सिर्जना गर्न र्‍याली, घरदैलो, जुलुस तथा सभा गरिरहेका छन् ।

उम्मेदवारले यसपाली सामाजिक सञ्जालको भरपुर उपयोग गरेको पाइन्छ । गाउँबस्तीमा गीतसङ्गीतमार्फत पनि घरदैलो चलेको पाइएको छ ।

यसै क्रममा कालिका नगरपालिकाका मेयरका उम्मेदवार बिनोद रेग्मी र उपमेयर बिमला लामा सहित ११ वटै वडाका अध्यक्ष तथा सदस्यका उम्मेदवारहरु पनि मतदाताको घर-घरमा पुगेका छन ।

वडा नं.१ मा अध्यक्षका उम्मेदवार बुद्धि बोम्जन, २ का लक्ष्मण पौडेल, ३ का हरिप्रसाद अधिकारी, ४ का मकरमान श्रेष्ठ, ५ का रुदल महतो वडा नं.६ का एमाले अध्यक्ष उम्मेदवार बालकृष्ण अधिकारी सहित वडा सदस्यका उम्मेदवार तथा एमाले नेता तथा कार्यकर्ताहरु घरदैलो तथा मतदाता भेटघाटमा जुटेका छन ।त्यस्तैगरि वडा नं. ७ का अध्यक्षका उम्मेदवार भोजराज थपलिया, ८ का युवराज गुरुङ, ९ का निलकण्ठ मगर, १० का धनविर प्रजा तथा ११ का कृष्णबहादुर प्रजा पनि घरदैलो, मतदाता भेटघाट तथा आफ्नो पक्षमा मत माग्न ब्यस्त छन ।

एमालेले कालिकामा थालेको बिकासको पुर्णता, समुन्नत कालिका आफ्नो प्रमुख लक्ष्य रहेको मेयरका उम्मेदवार रेग्मीले बताए । नगरका ११ वटै वडाबासीले आफुलाई चिनेको र मैले कालिका वडा न ६ मा हालै वडा अध्यक्ष भैरहदा गरेको कामको मुल्यांकन गरि मतदाताले आफुलाई बिजयी गराउनेमा ढुक्क भए रेग्मीले आज पदमपुरमा आयोजित कोणसभामा बताए ।

प्रतिक्रिया दिनुहोस !