
चितवन । कालिका नगरपालिकाको नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार विनोद रेग्मीले समृद्ध, समुन्नत कालिका नगरपालिका बनाउन र भ्रष्टाचार शून्य नगर बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । नेकपा एमाले कालिकाको विभिन्न वडामा आज आयोजना गरेको कार्यक्रम तथा कोणसभालाई सम्वोधन गर्दै मेयरका उम्मेदवार रेग्मीले नगरको समुन्नत विकासका लागि एमालेको विकल्प नभएको बताए ।
हाल नेकपा एमालेकै नेतृत्वबाट चुनिएका जनप्रतिनिधिले कालिकाको विकास र समृद्धिको सुरूवात भएको बताउँदै रेग्मीले चालु, अधुरा अपुरा सबै कामहरूलाई गुरुयोजना बनाई पूर्णता दिने समेत बताए । शिक्षा, स्वास्थ्य, सडक लगायतका सम्पूर्ण विकास निर्माणका काममा कुनै पनि कमि हुन नदिने र भ्रष्टाचार शून्य नगरपालिका बनाई जिल्ला र देशकै उत्कृष्ट, समुन्नत र समृद्ध कालिका बनाउने आफ्नो मुख्य लक्ष्य रहेको समेत रेग्मीले बताए ।