लुम्बिनी ।  गृहमन्त्री बालकृष्ण खाणले भैरहवाको नारायणस्थान मन्दिरमा आज वैद्धिक पराम्पराअनुसार पूजाअर्चना गर्नुभएको छ ।

गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट सिद्धार्थनगरका प्रमुखका उम्मेदवार ईस्तियाक अहमद खान, माओवादी केन्द्रको तर्फबाट उपप्रमुखका उम्मेदवार कमला थापालगायतले वैद्धिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गर्नुभयो ।

सो अवसरमा गृहमन्त्री खाणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेष खाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक अर्काको सम्मान गर्नुुपर्ने बताउनुभयो । धर्म, जातजाति, क्षेत्रीयता, लैङ्गियता, भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भन्ने त्यसले केही व्यक्तिलाई फाइदा पु¥याए पनि आमनागरिकलाई बेफाइदा पुु¥याउने बताउनुभयो ।

गृहमन्त्री खाणले यस्ताखाले क्रियाकलाप सामाजिक र कानुनी रुपमा बर्जित रहेको बताउँदै कसैले समाज र कानुुन विपरीतका गतिविधि गरेमा आमनागरिक बेलैमा सचेत हुनुुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नगरप्रमुख पदका उम्मेदवार खानले सबै धर्म, जातजातिप्रति आफ्नो उच्च सम्मान रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !