चितवन । नेकपा (एमाले)ले भरतपुरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वैशाख २५ गते चुनावी आमसभा गर्ने भएको छ ।

नारायणगढको क्याम्पाचौरमा महानगरस्तरीय अन्तिम चुनावी सभा गर्ने तयारी गरिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, न्यौपानेले भने ।

त्यसअघि भरतपुर महानगरका विभिन्न स्थानमा एमालेले क्षेत्रीय चुनावी सभा गरिरहेको छ । भरतपुर महानगरका २९ वटै वडाबाट हजारौं कार्यकर्ता क्याम्पाचौरमा सहभागी गराइने न्यौपानेले जानकारी दिए ।

यसअघि केन्द्रिय बस टर्मिनलमा आमसभा गर्ने तय गरिएपनि पानीका कारण हिलाम्य भएका कारण क्याम्पाचौरमा गर्ने निर्णय गरिएको हो । भरतपुर महानगरमा मेयर पदको लागि एमालेबाट बिजय सुवेदी चुनावी मैदानमा छन् ।

एमाले–राप्रपा तालमेलपछि उपमेयरमा राप्रपाबाट हिमला गुरुङ छन् । सुवेदी र गुरुङले हाल संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् । पाँच दलिय गठबन्धनले बिहिबार केन्द्रीय बसपार्कमै चुनावी सभा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !