चितवन । निर्वाचन आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँड्ने भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना विरुद्ध उजुरी परेको छ । अधिवक्ता सुनिता अधिकारीले आज उजुरी दर्ता गराउनु भएको हो । अधिकारीले आवश्यक छानविन गरी सजाय समेत गरी पाउँ भनि उजुरी दिनु भएको हो । प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरेर उजुरी दर्ता गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) निकटका भूमि आयोगका उपाध्यक्ष खड्का र चितवन जिल्ला तिमिल्सिनाले आज शुक्रबार सुकुम्बासी तथा भूमिहिनलाई भूमिको निस्सा बाँडेका थिए । उनीहरुले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् । तिमिल्सिनाले भूमिहिनलाई निस्सा बाँडेको स्वीकार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !