चितवन । कालिका नगरपालिकामा नेकपा एमालेको व्यापक जनलहर देखिएको छ । ११ वटै वडाको घरदैलो कार्यक्रममा सयौंको संख्यामा वडाबासीको सहभागीता रहेको छ ।
 कालिकाको सिद्धि, शक्तिखोर, पदमपुर, जुटपानी क्षेत्रमा भएको एमाले उम्मेदवार सहितको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सयौंको संख्यामा नगरबासीको सहभागीता रहेको थियो ।
नेकपा एमाले कालिकाका मेयरका उम्मेदवार बिनोद रेग्मी, उप मेयरका उम्मेदवार बिमला लामा र वडा अध्यक्षका उम्मेदवारहरु घरदैलो, मतदाता भेटघाट तथा सभाहरुमा सहभागी भैरहेका छन ।  वडा नं.१ मा अध्यक्षका उम्मेदवार बुद्धि बोम्जन, २ का लक्ष्मण पौडेल, ३ का हरिप्रसाद अधिकारी, ४ का मकरमान श्रेष्ठ, ५ का रुदल महतो वडा नं.६ का एमाले अध्यक्ष उम्मेदवार बालकृष्ण अधिकारी सहित वडा सदस्यका उम्मेदवार तथा एमाले नेता तथा कार्यकर्ताहरु घरदैलो तथा मतदाता भेटघाटमा जुटेका छन ।
त्यस्तैगरि वडा नं. ७ का अध्यक्षका उम्मेदवार भोजराज थपलिया, ८ का युवराज गुरुङ, ९ का निलकण्ठ मगर, १० का धनविर प्रजा तथा ११ का कृष्णबहादुर प्रजा पनि घरदैलो, मतदाता भेटघाट तथा आफ्नो पक्षमा मत माग्न ब्यस्त छन ।

प्रतिक्रिया दिनुहोस !