चितवन ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग नभई एमाले र केपी शर्मा ओली प्रवृत्तिसँग रहेको बताएका छन् । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै पौडेलले यो लडाई ओली प्रवृत्तिविरुद्ध रहेको बताएका हुन् ।

‘नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्रसँग होइन । प्रचण्डसँग होइन । कांग्रेसको प्रतिस्पर्धा एमालेसँग हो । केपी ओली प्रवृत्तिसँग हो,’उनले भने। ‘

उनले केपी ओलीले स‌ंसदको हत्या गरेको आरोप लगाए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा आफूले गठबन्धन हुनुपर्छ भनेर कुरा उठाएको बताए। केपी ओलीकै कारण देश अकर्मण्यतातर्फ अघि बढिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !