चितवन । नेकपा एमालेका नेता देवी ज्ञावलीले जनताले माया गरेर दिएको मत च्यातेर हैन जनताको मन जितेर चुनाव जितिने बताउनु भएको छ । नेकपा एमाले भरतपुर वडा नं १० को चुनावी कार्यक्रम अन्तरगत गौतम चोकमा भएको कोण सभा लाई संम्बोधन गदै उक्त कुरा बताउनु भएको हो ।

नेता ज्ञावलीले भरतपुरमा माओबादीको हैकमबाद र परिवारवादले भरतपुरबासी अजित भएको उल्लेख गर्दे महानगरको सक्षम नेतृत्बका लागी एमालेका उम्मेदबार लाई मतदान गर्न अनुरोध गर्नु भयो । एमालेका जिल्ला ईन्चार्ज समेत रहनु भएका नेता ज्ञावलीले बिकाशको चर्काे गफ गर्ने तर यथार्थमा महानगर भताभुड.ग भएको बताउदै आज राती पानी र पाँच दलिय गठबन्धनले आयोजना गरेको कार्यक्रम आयोजना स्थलको हबिगतले प्रष्ट पारेको बताउनु भयो ।

नेकपा एमाले भरतपुर १० ले आयोजना गरेको कोण सभामा एमाले वडा नंम्बर १० का वडा अध्यक्षका उम्मेदबार भक्ति प्रसाद गौतमले नगरका बिबिध समस्यालाई समाधान गर्न आपनो टिमको उम्मेदबारी रहेकोले मतदानका लागी अनुरोध गर्नु भएको थियो । चुनावी अभियान अन्तरगत नेकपा एमालेले आज गौतम चोक , कटहरचोक लगायतका स्थानमा घरदैलो र कोण सभाको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस !