चितवन । पाँचदलीय सत्तारुढ गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । सो आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल हिजो नै भरतपुर आईपुग्नु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस महामन्त्री गगनकुमार थापालगायतका नेताहरु भने आज विहान भरतपुर आइपुग्दै हुनुहुन्छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आमसभाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिनुभयो । उहाका अनुसार हाकिमचोकस्थित केन्द्रीय बस टर्मिनलको प्राङगणमा आमसभा हुनेछ ।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट साझा उम्मेदवारका रुपमा प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार छिन् भने उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । कांग्रेस नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उमेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !