चितवन ।नेकपा एमालेका तर्फबाट इच्छाकामना गाउँपालिका वडा नं. ३ का अध्यक्षका उम्मेदवार नरबहादुर नेपालले आफू वडा अध्यक्षमा निर्वाचित भएपछि पाउने पारिश्रमिक नलिने घोषणा गरेका छन् । वडा अध्यक्षका उम्मेदवार नेपालले आफूले पाउने पारिश्रमिक नलिने र सो रकम बिपन्न किसानको हितमा खर्च गर्ने बताएका छन् ।
इच्छाकामना गाउँपालिका क्षेत्रका अधिकांश बासिन्दाहरु कृषि पेशामा संलग्न रहेको भन्दै नेपालले वडाको समग्र विकास र कृषि क्षेत्रको प्रवद्र्धन आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।


को हुन नरबहादुर नेपाल ?
वि.सं. २०२६ साल चैत्र १८ गते साविक चण्डि भन्ज्याङको इच्छाकामना मन्दिर नजिकैको गाउँमा जन्मिएका नरबहादुर नेपालको राजनीतिक सुरुवात २०४४ सालको विद्यार्थी राजनीतिबाट भएको हो ।

नेकपा एमालेको वडादेखि नेतृत्व गर्दै आएका नेपाल हाल नेकपा एमाले इच्छाकामना गाउँपालिकाको पार्टी उपाध्यक्ष समेत रहेका छन् । वडा अध्यक्षका उम्मेदवार नेपाल विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन् ।

दारेचोक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष, जिल्ला कृषि सहकारी संघकाअध्यक्ष तथा सर्व शान्तिमा.वि.को ३ पटक सम्म लगातार विद्याल यव्यवस्थापन समितिको सदस्य भई काम गरिरहेका छन् ।


सर्व शान्ति क्याम्पसको उपाध्यक्ष समेत रहेका उम्मेदवार नेपाल उद्योग संघ इकाई समिति, इच्छाकामनाका अध्यक्ष एवं चितवन उद्योग संघका जिल्ला सदस्य समेत रही सामाजिक कार्यमा संलग्न भई रहेका छन् ।
नवयुग परिवार क्लबको ३ कार्य कालका अध्यक्ष भइ सकेका नेपाल चारपाते यूवा क्लबको पनि पूर्व अध्यक्ष हुन् । इच्छाकामना क्षेत्रका सामाजिक व्यक्तित्व वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार नेपाल विभिन्न संघ संस्थामा संलग्न भई सामाजिक काम गरिरहेका छन् ।
एमाले कातर्फबाट वडा नंं ३ का उम्मेदवारहरू
१. वडा अध्यक्ष नर बहादुर नेपाल
सदस्यहरू
१. नारायणप्रसाद अधिकारी
२. मिनबहादुर श्रेष्ठ
३. तिर्थकुमारी गुरूङ
४. रविना रसाइली
नेकपा एमालेका तर्फबाट इच्छाकामना गाउँपालिका अध्यक्षका उम्मेदवार दानबहादुर गुरूङ र उपाध्यक्ष माया सिलवाल रहेका छन् । एमालेका तर्फबाट उम्मेदवार रहेका पालिका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पूर्ण वडा अध्यक्ष तथा सदस्य हरूलाई विजयी गराई इच्छाकामनाको समुन्नत विकासको लागि नेकपा एमालेका उम्मेदवार हरूलाई विजयी गराउन वडा अध्यक्षका उम्मेदवार नेपालले अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !