चितवन । राप्ती-१ मा समाजवादीको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका चिरन पाठकले आफ्नो नाम फिर्ता लिएका छन् । योसँगै उनले एमालेका उम्मेदवार सिद्धिलाल स्याङ्तानलाई सघाउने भएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपाली काँग्रेसले गठबन्धनको मर्म विपरीत काम गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । ५ दलिय गठबन्धनको संयन्त्र अनुसार आफूले उम्मेदवारी दर्ता गराएता पनि काँग्रेसको तर्फबाट पनि उम्मेदवारी दर्ता गराइएको विज्ञप्तिमा उल्लेख छ । यसका साथै गठबन्धनको मर्म विपरीत काँग्रेसले एकल रुपमा चुनावी प्रचारप्रसार आफ्नो पक्षमा गरेको पनि बताइएको छ ।

काँग्रेसले आफ्नो लोकतान्त्रिक मूल्य र मान्यता भूलेको र समाजवादीलाई वेवास्ता गरिएको विज्ञप्तिमा लेखिएको छ । अब उनले एमालेको उम्मेदवारलाई सघाउने पनि बताएका छन् ।

“आजैका मिति देखी लागु हुनेगरी मैले दर्ता गरायको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिदै राप्ती नगरपालिका वडा नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को अध्यक्ष पदको उम्मेदवार सिद्धीलाल स्यङ्तानलाई समर्थन गरेको र सम्पूर्ण न्यायप्रेमी आमाबुवा दाजुभाइ तथा दिदी बहिनि सबैले सूर्य चिन्हमा आफ्नो बहुमुल्य मत दिनुहुन समेत हार्दिक अपिल गर्दछु ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !