चितवन । चितवनको कालिका नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार विनोद रेग्मी प्रति व्यापक रूपमा जन आकर्षण बढ्दै गएको छ । दिनहुँ भएको भेला, कोण सभा, वडा सभा तथा घरदैलो कार्यक्रममा सयौँको सङ्ख्यामा उपस्थिति बढ्दै गएको छ । दिनहुँ हुने भेला तथा घर दैलोमा मेयरका उम्मेदवार रेग्मी व्यस्त रहेका छन् । सबै सँग घुलमिल हुने र सरल स्वभावका रेग्मी कालिका नगरपालिका वडा नं. ६ का सफल वडा अध्यक्ष पनि हुन् ।

उनको उर्जाशील कार्यशैली, नगरको स्पष्ट कार्ययोजना, भ्रष्टाचार मुक्त नगरपालिका र समुन्नत एवम् समृद्ध नगरपालिका बनाउने योजना उनको रहेको छ । कालिका नगरपालिकाको ११ वटै वडाका विभिन्न बजार, चोक चौतारा र गाउँघरमा मेयरका उम्मेदवार रेग्मीको प्रशंसा गर्ने गरेको पाइएको छ ।

नेकपा एमालेले चुनावी अभियानअन्तर्गत यही वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी मतदाताहरूसँग भेटघाट कार्यक्रम, घरदैलो तथा स्थानीयको समस्या बुझ्ने काम भइरहेको छ । ११ वटै वडामा भइरहेको विभिन्न कार्यक्रममा मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा तथा वडाका अध्यक्षका उम्मेदवार तथा सदस्यका उम्मेदवारहरू सहित वडावासीहरूको व्यापक सङ्ख्यामा सहभागिता रहेको नेकपा एमाले कालिका नगर कमिटीका सचिव सुदर्शन अधिकारीले जानकारी दिए ।

आज कालिका नगरपालिकाको वडा नं. ५ पदमपुरमा बृहत् मोटर साइकल ¥याली आयोजना गरिएको थियो । सो ¥यालीमा वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार रूदल महतो, सदस्यहरू विष्णु सिंखडा, सिकेन्द्र चौधरी, रिता सुनार वि.क. र फारम कुमारी ढकालको पनि सहभागिता रहेको थियो ।
यसैगरी कालिका नगरपालिका वडा नं. ६ मा पनि आज बृहत् ¥याली सहित घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट गरिएको थियो । सो अवसरमा मेयरका उम्मेदवार रेग्मी, उपमेयरका उम्मेदवार लामा, वडा नं. ६ का वडा अध्यक्षका उम्मेदवार बालकृष्ण अधिकारी, सदस्यहरू लक्ष्मीनारायण चौलागाई, चेत बहादुर थापा, दुर्गा सुवेदी र सम्झना परियार लगायत सयौँको सङ्ख्यामा वडावासीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !