चितवन । चितवनको रत्ननगरमा नेकपा एमालेले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । निर्वाचन नजिकिदै गर्दा सो पार्टीका उम्मेदवार भोट माग्न जनताको घरदैलोमा पुगेका छन् । बुधवार एमालेबाट मेयर पदकी उमेदवार विमला दुवाडी,उपमेयर पदका उमेदवार यादबप्रसाद पाठक र वडाध्यक्ष तथा वडासदस्य पदका उमेदवारहरुले वडा नं २,३ र १५ मा मत मागेका हुन ।

वडा नं. २ का वडा अध्यक्षका उम्मेदवार कृष्णप्रसाद डोटेल, वडा सदस्य पदका उमेदवारहरु कलिम मिँया अन्सारी, प्रशिद्ध अधिकारी, मिठू गौतम, लक्ष्मी हितांगले घरदैलो गरी भोट मागेका हुन । वडा न १३ का वडा अध्यक्ष पदका उमेदवार सुवास घिमिरे, सदस्यहरु अशोक दराई, अजित चौरेल, बेलकुमारी श्रेष्ठ, रेश्मा मिजार लगायत कार्यकर्ताहरु उम्मेदवारका घर–घर बस्ती बस्तीमा पुगेर मतदातासंग भोट मागेका छन् ।

वडा नं १५ मा वडाध्यक्ष पदका उमेदवार आशिक तामाङ लगायत वडा सदस्य पदका उमेदवारहरुले पनि चुनावी अभियान अन्तर्गत घरदैलो गरेका छन् । घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारी, नेकपा एमालेकी प्रदेश कमिटी सदस्य मिना गिरी, एमाले जिल्ला कार्यसमिति सदस्य राजाराम रेग्मी, प्रेमनाथ दुवाडी, प्रताप डल्लाकोटी, शंकर गिरी, गोविन्द भट्टराई, नेकपा एमाले रत्ननगर नगर कमिटी अध्यक्ष ईश्वरी अर्याल, उपाध्यक्ष पुष्प जोशी, सचिव शिव सुवेदी लगागत नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस !