चितवन । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रचार प्रसार सहितको घरदैलोमा बालबालिकाको प्रयोग गरिएको देखिएको छ ।

रत्ननगर नगरपालिका वडा नं ३ को कांग्रेसको घरदैलोमा पार्टीले प्रचार प्रसारको लागि चुनावी आचार संहिता विपरित घरदैलोमा बालबालिकाको प्रयोग गरेको हो ।

कांग्रेसले बालबालिकाहरुलाई झण्डा बोकाई गाडीमा राखेर चुनावी प्रचार गरेका थिए । कांग्रेस वडा नम्बर ३ कै पार्टी सभापती बसन्त देवकोटाले बालबालीका सहितको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् । चुनावी आचार संहिता विपरित चुनाबी प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गरेपछि आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस !