गोरखा । गोरखाबाट जन्ती बोकेर चितवनतर्फ गइरहेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बा १४ च ७८१ नम्बरको जीप गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा दुर्घटना भएको हो।

सोमबार साँझ ४ बजे भएको जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका ६ चनौटेका ५० वर्षका देवीप्रसाद पोखरेल, लमजुङ दुराडाँडा घर भई हाल काठमाडौं महानगरपालिका १६ बस्‍ने ५१ वर्षका कमल न्यौपाने र कावासोती १४ का ८० वर्षका उत्तरकुमार सिग्देल रहेको एसपी खनालले जानकारी दिए।

प्रहरीका अनुसार चालकले ओरालोमा जीप स्टार्टमा राखेर यात्रु चढाउन थालेको तर आफूभित्र नबस्दा जीप गुडेर भीरबाट करिब दुईसय मिटर तल खसेको थियो। चालक घनश्याम काफ्ले प्रहरी नियन्त्रणमा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस !