चितवन। कालिका नगरपालिकाका गठबन्धनका उम्मेदवारहरुले आज आईतबारबाट संयुक्त रुपमा पार्टी कार्यालय उद्घाटन संगै घरदैलो सुरु गरेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार काग्रेंसका शिवराम केसी र उपमेयर नेकपा (माओवादी केन्द्र) केन्द्रकि सविता लामा तथा निबर्तमान काग्रेंस जिल्सला सभापति जीत नारायण श्रेष्ठले औपचारिकरुपमा घरदैलो सुरु गरेका हुन् ।

वडा नं १ बाट सुरु गरिएको घरदैलो पश्चात कोणसभामा मेयर शिवराम केसिले भ्रष्टाचारमुक्त नगरपालिका बनाउने जसको लागि हरेक वडाका अध्यक्षहरुलाई जनताको काम गर्ने, पारदर्शी ढंगले चल्ने र जनताको भावनालाई कदरगर्ने प्रतिवद्धतासंगै अगाडि बढ्ने बताए ।

उपमेयर सविता लामाले गठबन्धन गर्नु परेको कारण स्पष्ट पार्दै चुनाव जितेर कालिकाका महिलाहरुको पिडामा साथ दिने प्रतिबद्धता जनाईन् ।
१ नम्बर वडाका वडाध्यक्षका उमेदवार सन्तविर स्याङतान, २ का जनार्दन दाहाल तथा ९ का वीर बहादुर थापा प्रकाश तथा ३ बटै वडाका वडासदस्यका उमेदवारहरुले भनाई राखेका थिए । कोणशभामा वडा नम्बर ६बाट सदस्य पदका उम्मेदवार सुनिल ढकाल पनि र्यालीमा उपस्थिति थिए ।

प्रतिक्रिया दिनुहोस !