चितवन । नेकपा एकिकृत समाजवादीको कम प्रभाव रहेको खैरहनीमा जिल्ला सदस्यसहित वडा नम्वर ६ वडा कमिटिनै नेकपा एमालेमा समाहित भएको छ । समाजवादीका जिल्ला सदस्य नेत्रराज ढुंगानाको नेतृत्वमा उनीहरु पुरानै घर एमाले फर्किएका हुन् ।

मंगलवार एमाले फर्कनु अघि उनीहरु र एमालेका केन्द्रिय सदस्य जेएन थपलियासहित नेताहरु छलफलमा थिए । एमाले प्रवेश गर्नेहरुमा जिल्ला सदस्य ढुंगाना वाहेक वडा नम्वर ६ का वडा कमिटि अध्यक्ष यादव घिमिरे,वडा नम्वर ८ का कमिटि अध्यक्ष प्रेम वहादुर थापा मगर,केशव पौडेल,रुस्तम अन्सारी,हेम पुन,लक्ष्मण भण्डारी,खुवीराज चौधरी,कल्पना छतकुल्ली,रामकुमार उप्रेती,सिताकुमारी चौधरी लगायत रहेका छन् ।

उनीहरुलाई एमाले केन्द्रिय सदस्य जेएन थपलिया,खैरहनी नगरपालिकामा एमालेबाट नगर प्रमुखका उम्मेदवार लालमणि चौधरी,एमाले नगर कमिटि अध्यक्ष पूर्ण वहादुर डल्लाकोटीले स्वागत गरे । समाजवादी परित्याग गरेका खैरहनी नगर कमिटि उपसचिव समेत रहेका ढुंगानाले नेतृत्व तहबाट राम्रो काम भएको अनुभव नभएपछि एमालेमा समाहित भएको बताए । समाजवादीबाट सवै नेता कार्यकर्ताहरु एमालेमा आउने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस !