चितवन । कालिका नगरपालिकामा नेकपा एमालेको व्यापक जनलहर देखिएको छ । आज कालिकाको शक्तिखोर बजार क्षेत्रमा भएको एमाले उम्मेदवार सहितको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सयौंको संख्यामा शक्तिखोरबासीको सहभागीता रहेको थियो । नेकपा एमाले कालिकाका मेयरका उम्मेदवार बिनोद रेग्मी, उप मेयरका उम्मेदवार बिमला लामा, वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार निलकण्ठ मगर, सदस्यहरु राकेश श्रेष्ठ, छोन बहादुर प्रजा, भुव कुमारी रानामगर, मनकुमारी बिक सहित सयौं शक्तिखोरबासीको कार्यक्रममा सहभागीता रहेको थियो ।   

प्रतिक्रिया दिनुहोस !