चितवन । नेकपा (एमाले) को मेयरका उम्मेदवार बिनोद रेग्मी, उप-मेयरका उम्मेदवार बिमला लामा सहितको बृहत घरदैलो कालिका-६ को विभिन्न  क्षेत्रमा आजबाट शुरु भएको छ । मेयरका उम्मेदवार रेग्मी, उप-मेयरका उम्मेदवार लामा, कालिका -६ का वडा अध्यक्षका उम्मेदवार बालकृष्ण अधिकारी, खुल्ला सदस्यद्वय लक्ष्मीनारायण चौलागाईं र चेतबहादुर थापा, महिला सदस्य दुर्गा सुबेदी, दलित महिला सदस्य सम्झाना परियार सहितको बृहत घरदैलो कार्यक्रम भएको हो । उम्मेदवारहरुले वडा भित्रका मतदाताहरुलाई घर-घरमै पुगी मतदाताको समस्या बुझ्ने, राय सुझाव लिदै मत मागेका थिए । सो कार्यक्रममा सयौंको संख्यामा एमालेका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।   

प्रतिक्रिया दिनुहोस !