गोरखा । गोरखामा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार साँझ सिरानचोक गाऊँपालिका ५ आरुबोटेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप साँझ आरुबोटेको फिरफिरे भीरबाट करीव २ सय मिटर तल खसेको हो । चितवनबाट आएका जन्ती फर्कने क्रममा जीप दुर्घटना भएको हो ।

घटना स्थलमा केहीसमय अघि मात्रै प्रहरी टोलि पुगिसकेको छ । तर, मृतकको सनाखत भने भईनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !