चितवन । चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले चुनावी अभियानलाई तीब्र बनाएको छ । आज कालिकाको ११ वटै वडामा घरदैलो र कोणसभामाहरु भएका छन । कार्यक्रममा  सयौं कालिकाबासीहरु सहभागी भएका थिए ।
सोही क्रममा आज कालिका-६ को खोलेसिमलमा वडा भेला सम्पन्न भएको थियो । सो कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने,  एमालेको मेयरका उम्मेदवार बिनोद रेग्मी, उप-मेयरका उम्मेदवार बिमला लामा एमाले नेता टिकाराज रिजाल लगायतले मन्तव्य राखेका थिए ।
आज नै कालिकाको वडा नं. ८ को देवीटारमा मेयरका उम्मेदवार रेग्मी, उप-मेयरका उम्मेदवार लामा सहित्को घरदैलो कार्यक्रम भएको थियो । उम्मेदवारहरुले वडा भित्रका मतदाताहरुलाई घर-घरमै पुगि मतदाताको समस्या बुझ्ने, राय सुझाव लिदै मत मागेका थिए । सो कार्यक्रममा एमालेका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
त्यस्तैगरि आज नै कालिका-५ को पदमपुरमा पनि घरदैलो कार्यक्रम तथा कोणसभा गरिएको थियो । सो कार्यक्रममा नेकपा (एमाले) को मेयरका उम्मेदवार बिनोद रेग्मी, उप-मेयरका उम्मेदवार बिमला लामा, एमाले नेता जयचन्द्र प्रसाद चौधरी  लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !