चितवन । नेकपा एमालेबाट बागी उठेका सात जना उमेदवारलाई चितवन एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

विभिन्न पालिकामा प्रमुखदेखि सदस्यसम्म व्यक्तिगत स्वार्थमा अभिप्रेरित भई पार्टीको आधिकारिक उमेदवारविरुद्ध बागी उमेदारी दर्ता गरेका सात जनालाई एमालेको विधानको धारा ८० को उपधारा ६ र धारा ८१ को १ उपधाराअनुसार संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

कारबाहीमा पर्नेहरुमा जीतबहादुर विक (राप्ती नगरपालिकाको मेयर पदमा बागी उमेदवार) सुमिता डल्लाकोटी (राप्ती नगरपालिका वडा नं. ७ मा वडा अध्यक्षको बागी उमेदवार), बोधप्रसाद रिजाल (राप्ती नगरपालिका वडा नं.७ मा वडा सदस्यको बागी उम्मेदवार) रामबहादुर सारु, मगर (राप्ती नगरपालिका वडा नं. ५ का बागी उमेदवार) टेकबहादुर थापा (खैरहनी नगरपालिका वडा नं. ८ को वडा अध्यक्षको बागी उमेदवार) विकास डल्लाकोटी (खैरहनी नगरपालिकाको मेयरका बागी उमेदवार) र विरन्जना घिमिरे (रत्ननगर नगरपालिकाको उपमेयर पदमा बागी उमेदवार) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !