शान्ता अधिकारी,चितवन ।  हाम्रो देश नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये चितवन जिल्लामा एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिका व्यवस्था भएको छ । यी सात स्थानीय तहहरुमध्ये इच्छाकामना गाउँपालिका प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँपालिका हो ।

लामो झरना जलविरे, सिराईचुली, हात्तीवाङ ऐतिहासिक क्षेत्र उपरदाङगढी, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर, जलबिरे मन्दिर, मनकामना केवलकार, त्रिशुली नदि, मुग्लिन बजार रहेको यस क्षेत्र पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त गाउँपालिका हो । विभिन्न जातजाति एवम् भाषा, धर्म र संस्कृति भएको यस क्षेत्रमा जनजातिको बाहुल्यता रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँपालिकाले विकासको सम्भावना बोकेको छ । यही विकासको सम्भावनालाई साकार पार्न नेकपा (एमाले)ले यस गाउँपालिकामा उपमेयरको उम्मेदवारको रुपमा अगाडि सारेको छ , माया सिलवाललाई ।

माया सिलवाल इच्छाकामनाका लागि अपरिचित नाम होइन । बुवा दिलीप कँडेल र आमा गंगा कडेलको कोखबाट २०३० साल असार २८ गते धादिङ्गको बेनीघाटमा माईली छोरीको रुपमा जन्म भएको हो, माया सिलवालको । मायाको सानैमा बुबा वित्नुभयो । पाँच वटा दिदी बहिनी एक भाई मध्य माहिली छोरी मायाका बाल्यकाल र यौवन दुख र संघर्षका साथ बिते ।

जीवनमा अगाडि बढ्नलाई आफ्नो खुट्टा दह्रो हुनैपर्छ । अगाडि बढ्नलाई बामे सरेका पाईलामा परिवारको साथले थप बलियोर अप्ठयारासँग लड्न सहज बनाईदिन्छ । बाल्यकालबाटै ‘संघर्ष’संग माया बसेको मायालाई अभावका बीचमा पनि बाँच्न र आत्मबल बलियो बनाउन भने मायालाई समयले सिकाउदै लग्यो ।

१७ वर्षको उमेरमा कुरिनटारमा उहाँको मागी विवाह भएको हो । विवाह भएर घरमा आउँदा श्रीमान्को होटल व्यवसाय थियो । यद्दपि विवाह पश्चात राजनीतिक जीवनमा होमिएको बताउनु हुने मायालाई घर नजिक भएका कार्यक्रमहरुले तानिहाल्थे । विवाह भएको केही समय पछि नै कार्यक्रम गर्नका लागि नेतृत्वहरु घरमा आउन थाल्नु भयो । होटलमा सहयोग गर्ने ‘सहयोगीहरु’लाई होटलको जिम्मा लगाएर उहाँबिस्तारै कार्यक्रमहरुमा जान थाल्नु भयो ।

होटल व्यवसाय र राजनीतिमा बामेसर्दै गर्दा उहाँले दुई छोरा र एक छोरीलाई जन्म दिनुभयो । बच्चाहरु हुर्कदै थिए । अव सुखका दिन आउने भए भनेर उहाँको मन पनि चङ्गा हुन्थ्योउतिबेला । तर सधैँ सुखका त दिन त कसको पो आउला र ? यो विगत सम्झदैउहाँ भन्नुहुन्छ, ‘दुखीको जीवनमा पटक पटक दुखका पहाड आईदिए । टुहुरी छोरीलाई बावुको माया मार्गदर्शन दिएर अभिभावक रहनु भएका श्रीमान् बिरामी हुनु भयो ।’

कुराकानीका क्रममा पनि पटक पटक भावुक भएकी उहालेँती विगत यसरी कोट्याउनुभयो, ‘२०६२ सालमा श्रीमानलाई ब्रेन ट्युमर भयो । तिन पटक सम्म टाउकाको अप्रेसन गरियो। घडेरी बेचेर श्रीमान त बचाएँ र उहाँ ओछ्यानमा थला पर्नुभयो । निकै पटक आर्थिक संकट पनि आई लागे ।”

तीन पटकसम्म उहाँले आफ्नो श्रीमानको व्रेनको अप्रेसन गर्नुप¥यो । अप्रेशन सफल भए पनि श्रीमान भने सधैका लागि ओछ्यानमा थला पर्नुभयो । विगत १७ वर्ष देखि बिरामी श्रीमानको स्याहार सुसार गरेर उहाँ सामाजिक र राजजीतिक जीवनमा अगाडी बढ्दै आउनु भएको छ । जीवनका मोडहरुमा धेरै पटक यस्ता परिक्षाहरु पास गर्दै आउनु भएकी मायालाई सबैको मायाले नै अगाडी बढ्ने हौसला थपेको छ । यसैले त घरपरिवार र अशक्त श्रीमानको हेरचाह गर्दागर्दै विभिन्न सामाजिक संघ सस्थामा आवद्ध भएर उहाँले आफ्नो सामाजिक र राजनीतिक जीवनलाई पुन सक्रिय बनाउन थाल्नु भयो ।

खाने मुखलाई जँुगाले छेक्दैन भने जस्तै उहाँ अनवरत रुपमा आफ्नो यात्रामा अगाडी बढीरहनु भयो । उहाँ अखिल नेपाल महिला संघको जिल्ला सदस्य, नेकपा एमाले दर्शौ जिल्ला महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्य, विवकशील महिला समाजको अध्यक्ष, कर्तव्य निष्ठ महिला समाज उपाध्यक्ष, हुदै अहिले सल्लाहकार, लायन्स क्लव ईच्छाकामना, मस्याङ्गदी बहुउदेश्य सहकारीको लेखा समिमि संयोजक, मस्याङ्गदी बोडीङ्ग शिक्षा सदनको शिक्षा समितिमा रहेर शिक्षालाई कसरी राम्रो गर्न सकिन्छ भनेर काम गरेको अनुभव उहाँसंग छ ।
उहाँको अहिलेसम्मको अनुभवले भन्छ, विकासको काममा जति कामहरु भएको छ त्यति काम महिला बालबालिकाको क्षेत्रमा हुन सकेको छैन ।

२०६३ सालपछि हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत हुने भनिए पनि त्यो हुन सकेको छैन । उहाँ हरेक क्षेत्रमा सम्मानजनक महिला सहभागिता हुनु पर्ने बताउनुहुन्छ । ईच्छाकानामा गाँउपालिकामा नै अहिलेसम्मको समय बिताएका कारण उहाँलाई आफ्नो भुगोल र स्थानीयको अवस्थाको बारेमा राम्रोसंग जानकारी छ । त्यसैले ईच्छाकामनाको चाहना र भावना अनुसार काम गर्न सक्ने विश्वास उहाँमा रहेको छ । उहाँ भन्नुहुन्छ, ‘यहाँका सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्न लाग्ने छु । शिक्षाको क्षेत्रमा काम गरेका कारण पनि मलाई कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भनेर योजना ल्याउन सक्छु । हरेक विद्यालयमा बालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरणको व्यवस्था मिलाउनेछु ।’

गर्भवती महिलाका लागि आवश्यक पोषण भत्ताको व्यवस्था मिलाइने बताउदै उहाँ भन्नुहुन्छ, ‘यहाँका महिला मात्रै होईन, आम मानिसको धेरै समस्या छन्। गाँउ गाँउमा खानेपानीको हाहाकार छ भने बजार क्षेत्रमा ढलको निकास छैन् । पानीको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गरी पानीको मूल संरक्षणको योजना ल्याइने उहाँको भनाई छ ।

युवाहरुका लागि सीपमूलक तालिमको व्यवस्था गरी व्यवसाय सञ्चालन गर्न आवश्यक अनुदान दिने, महिला सशक्तिकरणका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्ने उहाँको भनाई छ । उहाँ हरेक क्षेत्रमा महिलाहरुको अनिवार्य उपस्थिती, पालिका भित्र रहेका महिला-आमा समूहहरुलाई सक्रिय बनाउन आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने, महिलाको असमान ज्याला, घर तथा कार्यस्थलमा हुन सक्ने लैङ्गिक हिंसा तथा सामाजिक विभेद हटाउने, संघीय सरकारको सहयोगमा राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन गर्ने, जेष्ठ नागरिक तथा बालबालिका र अशक्त, पछाडी परेका समुदायका लागि निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण यी र यस्ता यावत समस्या समाधानको लागि पनि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ ।

चितवनको पहाडी क्षेत्र समेटीएको ईच्छाकामनामा ३० वर्षको उमेरमा हजुरआमा हुने महिलाहरु छन् । अर्थात् बाल विवाहलाई शुन्यमा झार्ने र महिलाको स्वाथ्य र शिक्षामा विशेष जोड दिने उहाँको योजना छ । नजिकबाट त्यस क्षेत्रका महिलाहरुलाई देखेको भोगेका कारण पनि यहाँ हरेक समस्यासँग आफु जानकार रहेको उहाँ बताउनु हुन्छ ।

महिलाले संख्यात्मक उपलब्धि मात्र हेरेर हुँदैन । आफ्नो गुणात्मक वृद्धि पनि सँगै लैजानुपर्ने माया बताउनु हुन्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने अवस्था अहिले पनी रहेको भन्दै उहाँ महिलाहरु स्वयम आत्मनिर्भर हुनुपर्ने बताउनु हुन्छ । उहाँ जवसम्म महिलाहरु आफ्नै खुट्टामा उभिन सक्ने अवस्था आउदैन तवसम्म महिलाहरु पछाडी नै रहनुपर्ने उहाँको बुझाई छ ।

नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका हुने गरेको छ । चाहे त्यो २००७ सालको क्रान्ति होस् या २०६२÷६३ सालको । त्यतिबेला भएको जनआन्दोलनमा महिलाको अहंम भूमिका रहने गरेको छ । त्यतिमात्र होइन प्रजातन्त्र प्राप्तिका लागि महिलाले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा देशमा भएको ऐतिहासिक आन्दोलनमा उपस्थिति मात्र होइन, नेतृत्व पनि लिएका छन् । लामो समय राजनीतिक यात्रा गर्दै अगाडी बढ्नु भएकी मायालाई ईच्छाकामनाले पक्कै माया गर्नेछ ।

उपमेयरमा बिजयी बनाएर मायालाई माया गरे उहाँले पनि इच्छाकामनाका बासिन्दाको मुहार फेर्दैमाया गर्ने इच्छा छ । यो मुहार फेर्न शाहस प्राप्त गराउने उद्देश्यले माया सबैको मनोभावना बुझ्दै हिँड्नुभएको छ । इच्छ ाकामनाका जनता पनि उहाँसँग भावना साटासाट गर्दै मायालाई बिजयी बनाउने अभियानमा छन् ।

प्रतिक्रिया दिनुहोस !