चितवन । स्थानिय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमाले राप्तीले आजबाट १३ वटै वडामा घरदैलो कार्यक्रम सुरु गरेको छ । राप्ती-१ मा जेष्ठ नागरिकसँग आशिर्वाद लिदैँ घरदैलो कार्यक्रम सुरु गरिएको हो । आज आईतबारबाट सुरु भएको घरदैलो कार्यक्रम वैशाख २७ गते सम्म हुने एमाले राप्ती नगर कमिटीका अध्यक्ष पूर्णबहादुर थापाले बताए । नेकपा एमालेको मेयर उपमेयर पदका उम्मेदवार सहित घरदैलो कार्यक्रम गरिने पनि उनले बताए ।

उनका अनुसार वैशाख २७ गते राप्ती वडा नम्बर ४ मा रहेको काशीरुपा खेल मैदानमा ठुलो चुनावी आमसभा गरेर घरदैलो कार्यक्रम समापन गर्ने बताए । आज वडा कमिटीको सक्रियतामा वडाका वडाध्यक्षसँगै सदस्यका उम्मेदवारहरुको उपस्थितिमा एमाले घरदैलो कार्यक्रम गरिरहेको छ ।

एमालेबाट राप्ती नगरपालिका वडा नम्बर १ मा वडा अध्यक्षका उम्मेदवार सिद्धिलाल स्याङ्तान, वडा नम्बर २ मा वडाध्यक्षका उम्मेदवार श्यामसुन्दर उप्रेती, वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवार शिवकान्त ओली, वडा नम्बर ४ मा वडाध्यक्षका उम्मेदवार केदार आचार्य, वडा नम्वर ५ मा वडाध्यक्षका उम्मेदवार सिताराम बलको नेतृत्वमा घरदैलो कार्यक्रम भइरहेको उहाले बताए ।

त्यसैगरी वडा नम्वर ६ मा वडाध्यक्षका उम्मेदवार जल्लु महतो थारु, वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार छविलाल भुषाल, वडा नम्बर ८ मा वडाध्यक्षका उम्मेदवार पूर्ण प्रसाद आचार्य, वडा नम्बर ९ मा वडाध्यक्षका उम्मेदवार खड्क बहादुर तामाङ, वडा नम्बर १० मा वडाध्यक्षका उम्मेदवार अमर बहादुर तामाङ, वडा नम्बर ११ मा वडाध्यक्षका उम्मेदवार सोमिलाल मोक्तान, वडा नम्बर १२ मा वडाध्यक्षका उम्मेदवार धर्मजित तितुङ् र वडा नम्बर १३ मा वडाध्यक्षका उम्मेदवार सुर्य बहादुर प्रजाको नेतृत्वमा घरदैल‍ो भईरहेको छ । सबै वडाको घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार, स्थानिय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको समेत नगर कमिटी अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस !