चितवन । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि खैरहनीमा आईतवारदेखी घरदैलो तथा कोण सभा सुरु गरेको छ । एमालेका तर्फबाट नगर प्रमुखका उम्मेदवार एवं निवर्तमान नगर प्रमुख लालमणि चौधरी र उपप्रमुख पदका उम्मेदवार कविता उप्रेतीले घरदैलो सुरुवात गरेका हुन् । नगरस्तरीय घरदैलो कार्यक्रमको सुरुवात खैरहनी ६ तुलसीपुरबाट औपचारीक कार्यक्रमका बीच गरिएको थियो ।

नेकपा एमाले केन्द्रिय सदस्य जेएन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै नगर प्रमुखका उम्मेदवार लालमणि चौधरीले आफ्नो पहिलो कार्यकालमा पूर्वाधारको काम धेरै भएको गरेकाले अव लोक कल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिईने बताए । उम्मेदवार चौधरीले निर्वाचित भएको खण्डमा अर्को कार्यकालमा पाँच सय विपन्न ,गरिव परिवारको निशुल्क स्वास्थ्य बीमा गर्नुका साथै न्युनतम पानीको महसुलपनि निशुल्क गर्ने बताए ।

पूर्वाधारमा हामी अगाडी छौ,नगर प्रमुखका उम्मेदवार चौधरीले भने – जनता प्रत्यक्ष लाभान्वित हुने गरि लोककल्याणकारी कार्यक्रम ल्याईनेछ । पूर्वाधार,शिक्षा,स्वास्थ्य,कृषि,पशुपालनका क्षेत्रमा धेरै सुधार भईसकेको उल्लेख गर्दै निवर्तमान नगर प्रमुख समेत रहेका चौधरीले अव विषेश ध्यान शिक्षा र स्वास्थ्यमा दिन आवश्यक रहेको औल्याए । आफ्नो कार्यकालमा पूर्वाधार विकास सहितको मुल्यांकनमा खैरहनी नगरपालिका चार पटक सम्म उत्कृष्ठ घोषणा भएको उनको भनाई थियो । चौधरीको कार्यकालमा स्थानीत तह क्षमता विकास स्वमुल्यांकनमा खैरहनी नगरपालिका लगातार दुई वर्ष देशभरकै उत्कृष्ठ नगरपालिका भएको छ भने सुचना प्रविध लेखाजोखा मुल्यांकनमा जिल्ला प्रथम तथा देशभर चौथो वन्न सफल भएको थियो ।

त्यस्तै वि।सं। २०७५/७६ मा राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट समेत खैरहनी नगरपालिका पुरस्कृत भएको थियो । यि सवै नजिता ल्याउनमा जनप्रतिनिधी,कर्मचारी लगायत सम्पूर्ण नगरवासीको भूमिका रहेको नगर प्रमुख पदका उम्मेदवार चौधरीले बताए ।
उद्घाटन कार्यक्रममा एमाले केन्द्रिय सदस्य जेएन थपलियाले सुक्ष्म ढंगबाट निर्वाचन प्रचार प्रसार र एमाले जिताउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

पहिलो दिन खैरहनी वडा नम्वर ६ र ७ मा घरदैलो कार्यक्रम गरिएको छ । घैरदैलो तथा कोण सभामा उपप्रमुख पदका उम्मेदवार कविता उप्रेती, खैरहनी ६ का वडाध्यक्षका उम्मेदवारसहित सदस्यहरु,वडा नम्वर ७ मा वडा अध्यक्षका उम्मेदवार मनेजर महतोसहित वडा सदस्यहरु,एमालेका नेताहरु,युवा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिती थियो । दोश्रो दिन खैरहनी नगपालिका वडा नम्वर ९ मा घरदैलो तथा कोण सभा गरिने निर्वाचन प्रचार प्रसार समिति संयोजक जगन्नाथ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !