चितवन । नेकपा एमाले रत्ननगर वडा नं- ५ ले घरदैलो कार्यक्रम गरेको छ । मेयर पदका उमेदवार विमलादेवी दुवाडी र उपमेयर पदका उमेदवार यादव पाठक सहित वडा नं- ५ का वडा अध्यक्ष कृष्ण महतो, सदस्य सागर मिश्र, कुमार धमला, अनिता महतो, मिठू दमिनीको नेतृत्वमा घरदैलो कार्यक्रम गरेको हो ।

उमेदवारहरुले मतदाताका रायसुझाव, समस्या बुझदै मतदाताका घरघरमा पुगि मत मागेका थिए ।

घरदैलो कार्यक्रममा नेकपा एमालेकी प्रदेश समिति सदस्य मिना गिरी, एमाले जिल्ला कार्यसमिति सदस्य राजाराम रेग्मी, प्रेमनाथ दुवाडी, प्रताप डल्लाकोटी, शंकर गिरी, गोविन्द भट्टराई, नेकपा एमाले रत्ननगर नगर कमिटी अध्यक्ष ईश्वरी अर्याल, उपाध्यक्ष पुष्प जोशी, सचिव शिव सुवेदी लगाएत कार्यकर्ताहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस !