चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट खैरहनी नगरपालिका वडा नम्बर १३ बस्ने ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको थियो । घटनाको खबर पाउना साथ नेपाल प्रहरी ,राष्ट्रिय निकुञ्ज र नेपाली सेनासँग समन्वय गरी हात्ती सहितको टोलीले जंगल भित्र खोजतलास गरेको थियो ।

मृतक दाहालको शव बाघले आक्रमण गरेको स्थान भन्दा एक किलोमिटर भित्र बिहान १० बजे घाँटिमा चोटलागेको र दाहिने खुट्टाको तिघ्रा खाएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !