चितवन । नेकपा (एमाले) को मेयरका उम्मेदवार बिनोद रेग्मी, उप-मेयरका उम्मेदवार बिमला लामा सहितको बृहत घरदैलो कालिका-३ पदमपुरमा आजबाट शुरु भएको छ ।
मेयरका उम्मेदवार रेग्मी, उप-मेयरका उम्मेदवार लामा, कालिका -३ का वडा अध्यक्षका उम्मेदवार हरिप्रसाद अधिकारी, खुल्ला सदस्य निरबहादुर पाख्रीन र सुकराम महतो, महिला सदस्य सल्मा लामा, दलित महिला सदस्य सकुन्तला सुनार सहितको बृहत घरदैलो कार्यक्रम भएको हो ।
उम्मेदवारहरुले वडा भित्रका मतदाताहरुलाई घर-घरमै पुगि मतदाताको समस्या बुझ्ने, राय सुझाव लिदै मत मागेका थिए । सो कार्यक्रममा सयौंको संख्यामा एमालेका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !