चितवन । पुर्विचितवन खैरहनी वडा ३ मा नेपाली कांग्रेसका एक दर्जनभन्दा बढी नेता/कार्यकर्ता पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले खैरहनी -३ को वडा कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस खैरहनी वडा न ३ का सह-सचिव श्रीहरी उप्रेतीको नेतृत्वमा दिपक नेपाली ,राजु पुलामी मगर ,अनुप माझी, सुदिप श्रेष्ठ ,अजय नेपाली ,नबिन नेपाली, नवीन खरेल र उपेन्द्र तिमिल्सिना लगायतका युवाहरु नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी युवाहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य एंव शिक्षा विभाग उप प्रमुख जे एन थपलिया , नेकपा एमाले प्रदेश कमिटी सदस्य निलहरी थापा,नेकपा एमाले चितवन जिल्ला उपाध्यक्ष कमलराज पाठकले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य थपलियाले “सधै युवाहरुको भविष्य निर्माणमा नेकपा एमाले रहेको र समृद्ध नेपाल ,सुखी नेपाली निर्माणको अभियानमा युवाहरु प्रवेश अत्यन्तै सुखद रहेको” धारण राख्नु भएको थियो।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य श्याम कार्की ,नेकपा एमाले खैरहनी नगरकमिटी सदस्य कृष्ण बन्धु भुर्तेल,नेकपा एमाले खैरहनी ३ का वडा अध्यक्ष मनोज कार्की,वडा उपाध्यक्ष एंवम खैरहनी -३ का आसन्न स्थानीय निर्वाचनका अध्यक्ष पदका उम्मेदवार सुकमाया घिसिङ ,एमाले खैरहनी -३ का वडा सचिब प्रदिप राज उप्रेती र खैरहनी नगरपालिकाका युवा नेता कुमार थापा मगरको उपस्थिति रहेको थियो ।
यस अघि पनि खैरहनीमा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा युवाहरू नेकपा एमालेमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस !