चितवन । कवि तथा गजलकार श्रीभक्त पौडेल आफन्तले रचना गरेका गजल गीत ‘बेचेर सपना’ रिलिज भएको छैठौँ दिनमै संगीततर्फ नेपालको पाँचौ टे«न्डिङमा पर्न सफल भएको छ ।

गायक तथा संगीतकार थानेश्वर गौतमको म स्वर तथा संगीतमा रहेको ‘बेचेर सपना’ गएको शुक्रबार (बैशाख ९) मा रिलिज भएको थियो । जननी नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गजल पहिलो दिनमै टे«न्डिङमा आउन सफल भएको हो ।बेचेर सपना गजल गीतमा नायक तथा मोडल पुष्प खड्का र मोडल स्मारिका ढकाल, कृष्णप्रसाद रेग्मी र सुशीला थापाको मुख्य अभिनय रहेको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ घर भइ हाल स्पेनमा रहँदै आएका गजल गीतका रचनाकार श्रीभक्त पौडेलले वास्तविक जीवन कहानीलाई शब्दमा उतारेको बताए ।उनले भने, ‘गजलभित्र एउटा वास्तविक कथा छ, जहाँ परदेशमा भोगिएका कठिनाइ भाव व्यक्त गरिएको छ ।’ पौडेलको शब्दलाई गायक गौतम आफैले संगीत भरेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । रामजी लामिछानेले निर्देशन गरेका गजल गीतको सम्पादन बान्डे प्रसाद र गीतको उत्पादकमा विष्णुप्रसाद कँडेल रहेका छन् ।

रिलिज भएको छैठौँ दिन बिहीबार बेलुकासम्म ३ लाख ७६ हजार दर्शकले गीतको भिडियो हेरेका छन् भने करिब १५ सय जनाले गीतको बारेमा प्रतिक्रिया दिएका छन् । गीतमा शब्द, संगीत र गायकी उत्कृष्ट भन्दै दर्शकले अत्याधिक मन पराएका हुन् ।

प्रतिक्रिया दिनुहोस !