चितवन । नेकपा (एमाले) भरतपुर महानगर प्रचार समितिले भरतपुरमा एमाले उम्मेदवारहरुको पक्षमा जनलहर व्यापक रहेको भन्दै जीत सुनिश्चित रहेको निश्कर्ष निकालेको छ ।

समितिको आज बसेको बैठकमा संयोजक तेजेन्द्र खड्काले भरतपुरमा एमाले उम्मेदवारप्रति आकर्षण दिनानुदिन बढेको उल्लेख गरे । पार्टीले जनतामाझ लगेको एजेन्डा र अघि सारेका उम्मेदवारका ब्यक्तित्वका कारण जनआकर्षण बढ्दै गरेको खड्काले बताए ।‘महानगरको बिकास र समृद्धिका लागि पनि एमालेसँग नै आशा बढि छ, मेयर उम्मेदवार विजय सुवेदीसहित अन्य उम्मेदवारहरुको ब्यक्तित्व पनि आकर्षक छ । जीत निश्चित देखिएको छ’, (खड्काले भने ।

बैठकले पार्टीका उम्मेदवारहरुको प्रचारप्रसारलाई थप ब्यवस्थित र अझ प्रभावकारी बनाउने निणर्य गरेको समितिका सचिव हरिप्रसाद पोखरेलले जानकारी दिए । बिपक्षी प्रतिस्पर्धीभन्दा एमालेका उम्मेदवारहरु भरतपुरमा हरेक कोणवाट जनतामाझ अब्बल देखिएको समितिको बुझाई छ । ‘भरतपुरको हालको बस्तुगत अवस्थाले स्पष्ट भनेको छ कि, मेयर उम्मेदवार बिजय सुवेदीसहित सबै उमेदवारहरु जीत नजिक हुनुहुन्छ’, समिति सचिव पोखरेलले भने ।

बैठकमा समिति सह-संयोजक बद्री अधिकारी, प्रेस चौतारी चितवनका ईन्चार्ज रामवावु सुवेदी, प्रेस चौतारी बागमति प्रदेश सह-ईन्चार्ज शालिग्राम नेपाल, प्रेस चौतारी केन्द्रीय सदस्य तीर्थ नेपाल, प्रतिमा सिलवाल, बागमति प्रदेश सदस्य लक्ष्मण गौतम, प्रेस चौतारी चितवनका सचिव मुकुन्द भुषाल लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस !