काठमाडौँ ।  निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिएको छ ।

चितवनको भरतपुर महानगरका स्वतन्‍त्र उम्मेदवार जगन्‍नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण,राज्यमन्त्री उमेश श्रेष्ठ,पूर्वप्रधानन्यायधीश गोपालप्रसाद पराजुलीलगायत कांग्रेसका नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती गरिरहेको घटना सार्वजनिक भइरहेको बेला आयोगले यस्तो चेतावनी दिएको हो ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरू लोकतन्त्रमाथि आघात पुर्‍याउने र संविधान र कानुन विपरीत भएको स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस !