चितवन । नेकपा एमालेद्वारा पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ को लंकालाईन तथा गडुवा क्षेत्रमा आज घरदैलो कार्यक्रम गरिएको छ । मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा, वडा नं. १ का वडा अध्यक्षका उम्मेदवार  बुद्धि बोम्जन (तामाङ), खुल्ला सदस्य जीवन लामा, खुल्ला सदस्य ओमकार खड्का, दलित महिला सदस्य  लक्ष्मी परियार, महिला सदस्य उम्मेदवार सरस्वती खत्री सहितको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एमालेका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उनीहरूले कालिका वडा नं. १ का मतदाताको घर घरमा पुगी आफ्नो पक्षमा मत मागेका थिए ।
सोही अवसरमा कालिका वडा नं. १ को गडुवा चोकमा कोण सभा समेत गरिएको थियो । सो कार्यक्रममा नेकपा एमालेको तर्फबाट कालिका नगरपालिकाका मेयरका उम्मेदवार विनोद रेग्मी, प्रवासी नेपाली मञ्च भारतका नेता दुर्गादत्त पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७ जना युवाहरू नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !