चितवन । कालिका नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार  बिनोद रेग्मी, उप-मेयरका उम्मेदवार बिमला लामा सहितको घरदैलो अभियान तथा अगुवा कार्यकर्ता भेला गरिएको छ ।
कालिका-७ को जुटपानी बजार लगायतको क्षेत्रमा मेयरका उम्मेदवार  बिनोद रेग्मी, उप-मेयरका उम्मेदवार बिमला लामा, कालिका -७ का अध्यक्षका उम्मेदवार भोजराम थपलिया, खुल्ला सदस्य सन्तबहादुर सिंजाली मगर खुल्ला सदस्य महेश श्रेष्ठ, महिला सदस्य शर्मीला अधिकारी, दलित महिला सदस्य रस्सु नेपाली सहितको घरदैलो कार्यक्रम गरिएको थियो । एमालेका उम्मेदवारहरुले यही बैशाख ३० गते हुने निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि एमालेलाई विजयी गराउन आग्रह गरेका थिए ।
त्यसैगरि आज नै कालिका-३ पदमपुरमा कार्यकर्ता भेला तथा प्रचार प्रसार समितिको बैठक समेत भएको थियो । सो भेलामा नेकपा एमालेका मेयरका उम्मेदवार बिनोद रेग्मी, उपमेयरका उम्मेदवार बिमला लामा, एमाले जिल्ला कमिटी सदस्य टिकाराज रिजाल, एमाले कालिका सचीव शुदर्शन अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
सो भेलामा मेयरका उम्मेदवार  बिनोद रेग्मी, उप-मेयरका उम्मेदवार बिमला लामा, कालिका-३ का अध्यक्षका उम्मेदवार हरिप्रसाद अधिकारी, खुल्ला सदस्य निरबहादुर पाख्रीन, खुल्ला सदस्य सुकराम महतो. महिला सदस्य सल्मा लामा, दलित महिला सदस्य सकुन्तला सुनारको उपस्थिति रहेको थियो । कार्यक्रम प्रचार प्रसार समिति कालिका-३ का संयोजक ऋषिराम मरहठाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !