काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई प्रस्ताव गरेको छ । ३० वैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरेको हो । त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरिएको छ ।

विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो । यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस !