चितवन । चितवनको भरतपुरमा ट्याङकरको ठक्करबाट विहीबार साइकल यात्रीको मृत्यु भएको छ । साइकलमा सवार बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं ५ बस्ने २० बर्षीय आदित्य जैसवालको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर ११ शान्तिमार्ग स्थित पदमपुर–भरतपुर सडक खण्डमा अन्तर्गत गर्ने भोजाडबाट विशालचोक तर्फ आउदै गरेको बा २ क ४५७५ नं.को दुध ट्याङकरले सोही दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

ट्याङकरबाट गम्भिर घाइतेभएका जैसवालको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्याङकर र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन भने जैसवालको सब भरतपुर अस्पतालमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !