चितवन । नगरपालिका वडा नं ९ को वडा सदस्यमा निर्वाचित भएर पाँच बर्षको अबधिमा अधिकांस समय कार्यबहाक वडाध्यक्षको रुपमा कुशल कार्यसम्पादन गरेर लोकप्रिय बनेकी सरस्वती लामाले वडाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।

नेकपा एकीकृत समाजबादी पार्टीकी जिल्ला कमिटी सदस्य समेत रहेकी लामाले रत्ननगर नगरपालिका वडा नं ९ को वडाध्यक्षमा उम्मेदवारी दिएकी हुन । उनलाई गठबन्धनको पनि बलियो साथ छ । दुखी,गरिब र सुकुमबासी समुदायको हितमा पाँच बर्ष काम गरेकी उनका अझै पनि अधुरा काम बाँकी नै छन् । वडाध्यक्षमा निर्वाचित भएर सुकुमबासी समस्या सामधान गर्दै उनीहरुलाई लालपूर्जा वितरणमा अगुवाई गर्ने योजना रहेको छ । व्यवहारिकतामा पोख्त लामा वडा भित्रका ज्येष्ट नागरिकका लागि बरदान नै हुन ।

सबै पुस्ताका नागरिकसंगै छिट्टै परिचित भएर उनीहरुको समस्या सामधान गर्ने उनको कार्यशैली सबैले रुचाएका छन् । वडा भित्रको विवाद सामधान,न्याय सम्पादनमा अब्बल मानिएकी लामा विकास निर्माणको काममा पनि अगाडि रहेको बुझिएको छ । वडाको विकास र वडाबासीको हितमा अझ धेरै काम गर्न बाँकी छ उनले भनिन् कार्यबहाक वडाध्यक्ष हुँदा त्यति सहज हुदो रहेनछ,अब अध्यक्ष भएरै काम गर्ने छु । चुनावी अंक गणितको हिसाबले पनि उनी अगाडि छन् । उनलाई अन्यपार्टीका मतदाताहरुले पनि मत दिने बलियो आधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !