काठमाडौं । नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्ष श्रीधर कुमार पोखरेलले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरी पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयरको टिकट दाबी गरेका पोखरेलको साटो निवर्तमान उपमेयर मिना कुमारी लामाले पाएपछि असन्तुष्टि बढेको थियो । पोखरेलसहित जिल्ला सदस्यहरु देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र डि.सी. र गोपालबहादुर स्याङतानले पनि राजीनामा दिएका छन् ।

पोखरेलले कम्युनिस्ट आन्दोलन नै क्षतिविक्षत हुने ठहरका साथ विद्रोह गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !