चितवन । चितवनको कालिका नगरपालिकामा उमेदवारविरूद्ध कसैको पनि उजुरी परेको छैन। निर्वाचन अधिकृत महेशप्रसाद खत्रीले  कसैका विरूद्ध पनि उजुरी नपरेको जानकारी दिए।
‘आज साँझ ५ बजेसम्म समयसीमा सम्म कसैका विरूमा पनि उजुरी परेको छैन।’

राप्ती नगरपालिकाको वडा नं.२ मा महिला सदस्य मनमाया तामाङको विरूद्ध उजुरी परेको छ। आफ्नाविरूद्ध उजुरी परेपछि त्यसबारे छलफलको लागि बोलाइएको निर्वाचन अधिकृत श्यामप्रसाद दाहालले जानकारी दिए।
यस्तै माडी नगरपालिकामा पनि वडा नं.६ की दलित महिला सदस्य पूर्णकला सुनारको विरूद्ध उजुरी परेको निर्वाचन अधिकृत चुडामणि शर्मा गौतमले जानकारी दिए । रत्ननगरमा पनि केही थान उजुरी परेको निर्वाचन अधिकृत विनोदकुमार गौतमले जानकारी दिए। ‘निवेदनमार्फत  उजुरी आइसकेका छन्,’ उनले भने।’
भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकामा भने हालसम्म कसैका विरूद्धमा पनि उजुरी परेको छैन। भतरपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना नै जारी गरेर कसैका विरूद्ध उजुरी नपरेको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस !